Logo

जोरपाटीमा रोकियो मिथेन ग्याँससहितको फोहोरा



काठमाडौं, ४ साउन । काठमाडौंको जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँसको फोहोरा १७ घण्टापछि रोकिएको छ ।

गोकर्णेश्वर नगरपालिका–५ एक घरको इनार खन्ने क्रममा ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहान ३ बजेदेखि बन्द भएको हो ।

जोरपाटी लोसेटारस्थित सन्तकुमार लामाको घरमा बोरिङ खन्ने क्रममा निस्किएको ग्याँससहितको फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेको थियो । फोहोरा घरभन्दा माथि फैलदा बस्तीका स्थानीयहरु आत्तिएका थिए ।

सुचनाको आधारमा भुगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो । विदको टोलीले ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्