Logo

पुर्वअर्थमन्त्री शर्मासँग संसदीय छानबिन समितिले सोधपुछ गर्ने



काठमाडौं, ४ साउन । पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको आज बैठक बस्दैछ । समितिको आज बस्ने बैठकमा पुर्वमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम रहेको छ ।

साथै, समितिले पुर्वमन्त्री शर्माले बजेट निर्माणको क्रममा बाहिरी मानिस प्रवेश गराएको समाचार बाहिर ल्याउने समाचार एजेन्सीहरु कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्टका दैनिकका सम्पादकसँग पनि छलफल गर्ने स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नका लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने निर्णय समितिले यस अघि नै गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्