Logo

म प्रधानमन्त्री बनेर नमूना देश बनाइदिन सक्छु, मसँग त्यो क्षमता छ : धनराज गुरुङ (भिडिओसहित)



काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने बताएका छन् । उनले संघीय संसद्को निर्वाचनमा गठबन्धनमा सिटको बाँडफाँड नभएको स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । गुरुङले सिट बाँडफाँडको खाका तयार नभएको स्पष्ट पारे ।

उनले भने,‘विभिन्न कोणबाट दलहरुका बीचमा छलफल भैरहेका छन् । तर, सिटको बाँडफाँड भएको छैन् ।’ उनले आफू सिंगो पार्टीको उपसभापति भएकोले यो वा त्यो नगर्ने भन्दै सबैलाई न्यायोचित व्यवहार गरिने विश्वास दिलाए । उनले पार्टीका महामन्त्री गगनकुमार थापाले अबको निर्वाचनमा आफू प्रधानमन्त्री बन्न योग्य भएको भनेर भनेको सुनाए ।

उनले आफू प्रधानमन्त्रीको उम्मेद्धवार हो वा होईन भन्ने कुरा अहिले नै काल्पनिक कुरा नगर्ने जिकिर गरे । पत्रकार धमलाले ‘धनराज गुरुङ प्रधानमन्त्री बन्न सक्नुहुन्न ? एउटा जनजातिको छोरो ?’ भनेर सोधेको प्रश्नमा उनले भने–‘म सँगै सबै क्षमता छ । म प्रधानमन्त्री भएर देश चलाउन सक्छु । म नमूना देश बनाईदिन सक्छु । मसँग त्यो क्षमता छ । तर, मनको घ्युसँग मैले खान चाहन्नँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot