Logo

भागवत् गीता छोएर सपथ लिने ऋषि सुनक के बेलायतको प्रधानमन्त्री बन्लान्



एजेन्सी, ४ साउन । बेलायतको सांसद भएपछि ऋषि सुनकले भागवत गीता छोएर शपथ लिएका थिए । भारतीय मूलका हिन्दू धर्मालम्बी उनै सुनक अहिले बेलायतको भावी प्रधानमन्त्रीको दौडमा अग्रस्थानमा छन् ।

ऋषि सुनक प्रधानमन्त्रीको दौड जिते बेलायतको राजनीतिक इतिहासमा नयाँ किर्तिमान रचिनेछ । बेलायतमा पहलिोपटक गैर बेलायती र गैरइशाई प्रधानमन्त्री हुनेछन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता जो चयन हुन्छ त्यही अबको प्रधानमन्त्री बन्छ । उसले बोरिस जोन्सनको स्थान लिन्छ । यसकारण कन्जरभेटिभ पार्टीको नेताको दौडलाई बेलायतको अबको प्रधानमन्त्रीको दौडका रुपमा लिइएको छ ।

प्रधानमन्त्रीको दौडमा अहिलेसम्म चार चरणको चुनाव भइसक्दा भारतीय मूलका बेलायत नागरिक ऋषि सुनक अग्रस्थानमा छन् । उनले अब दुई चरणको मतदानमा पनि जित निकाले बेलायतको प्रधानमन्त्री बन्ने अवसर पाउनेछन् ।

बुधबार हुने प्रतिष्पर्धाले दुई जनालाई मात्र दौडमा सिमित पार्नेछ । त्यसपछि कन्जरभेटिभ पार्टीका २ लाख सदस्यले खामबन्दीको ब्यालेटबाट मतदान गर्नेछन् । जो जित्छ उही बेलायतको प्रधानमन्त्री बन्ने छ । यसको टुंगो अबको डेढ महिनापछि लाग्नेछ ।

४२ वर्षीय ऋषि सुनकले बेलायतको अर्थमन्त्रीको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । उनी सन् २०१५ यता बेलायतको रिचमन्डबाट निर्वाचित सांसद छन् ।

ऋषि सुनकका मातापिता यसवीर र उषा सुनक पञ्जाबी मूलका हुन् । उनीहरु दक्षिणपूर्वी अफ्रिकामा हुर्किएका थिए । पिता केन्या र माता तान्जानियामा जन्मिएका थिए । ऋषिका हजुरबुवा हजुरआमा ब्रिटिश इन्डियाको पालामा भारतबाट अफ्रिका बसाई सरेका थिए ।

साउथाम्पटनको कसरी हाउसमा वेटरको काम पनि गरेका थिए सुनकले । पढाईमा अब्बल रहेका उनले दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरे । स्टान्डफोर्डबाट एमबीए गरेपनि उनी फुब्राइट स्कलर बन्न सफल भए ।

अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सुनकले इन्फोसिसका मालिक एन आर नारायण मुर्तीकी छोरी अक्षता मूर्तीसँग विवाह गरेका छन् । अक्षतासँग उनको भेट स्टानफोर्डमा भेट भएको थियो ।



प्रतिक्रिया दिनुहोस्