Logo

अपहरित १ वर्षीया बालिकाको उद्धार



काठमाडौं, ४ असार । विराटनगरबाट अपहरित बालिकाको प्रहरीले उद्धार गरेको छ। रोडरोष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट मंगलबार उद्धार गरेको हो ।

प्रदेश नम्बर १ प्रहरी कार्यालयको क्षेत्रिय अपराध अनुसन्धान समुह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले बालिकाको उद्धार गरेको हो ।

प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न २ बजे पत्रकार सम्मेलन गर्दैछ । प्रहरीले बालिकाको अपहरणको आरोपमा अन्जली साहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

अन्जलीले बालिकाका बावुलाई नानीसहित बोलाएर अन्जलीले बालिकालाई लिएर हिडेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot