Logo

चुनावबारे ओलीको आशंका, मंसिरमा नभए संवैधानिक प्रश्न उठ्ने जिकिर



काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा चुनाव नगरे संवैधानिक प्रश्न आउने बताएका छन् । उनले चुनाव मंसिरमा गर्नुपर्ने भन्दै यताउता हुन नदिने बताए ।

‘मंसिरमा चुनाव गराउनुपर्छ,’ ओलीले एमाले बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै भने, ‘यो संवैधानिक प्रश्न भएकाले तलमाथि हुन दिनु हुँदैन ।’ ओलीले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

चुनावपछि एमालेको सरकार आउने गरी काम गर्न भने । राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षाका लागि एमालेको सरकार आउनुपर्ने जिकिर गरे ।

मंसिरमा चुनाव गर्ने चर्चा चलेपनि सरकारले मिति घोषणा नगरिरहँदा ओलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot