एजेन्सी, ४ साउन । भारतका वरिष्ठ पत्रकार रजत शर्माले आफुलाई ज्यानमार्ने धम्की आएको खुलाशा गरेका छन् । शर्मा आफैले प्रहरीलाई आफुलाई अज्ञात समुहले फोन गरेर ज्यानमार्ने धम्की दिएको जानकारी दिएका हुन् ।
उनले आफ्नो सुरक्षा दिन पनि प्रहरीसमक्ष आग्रह गरेका छन् । उनको माग अनुसार प्रहरीले सुरक्षा बढाएको छ।
यसअघि पनि शर्मालाई उनी कार्यरत इन्डिया टिभिमा फोन गरेर अज्ञात समुहले ज्यान लिने धम्की दिएका थिए । धम्की दिएको केही दिनमा केही व्यक्तिहरुले कारमा आएर उनको घर बाहिरसुरक्षा गार्डसँग उनको बारेमा सोधपुछ गरेको खबर बाहिर आएको थियो ।
२०१२ मा एक कार्यक्रम प्रसारीत भएपछि शर्मालाई अज्ञात समुहले फोन र सन्देश पठाएर मार्ने धम्की दिएका थिए ।