Logo

प्रचण्डले किन आफूलाई ‘चुनावपछिको प्रधानमन्त्री’ का रुपमा प्रस्तुत गर्न थाले



काठमाडौं, ४ साउन । केही समय अघि प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्न सक्ने बताए । उनले त्यस्तो सम्भावना औल्याएको केही हप्तामै सत्ता गठबन्धनबीच आलोपालो प्रधानमन्त्रीको सहमति बन्न सक्ने खुलासा गरे ।

प्रचण्डले भारत भ्रमणका क्रममा आलोपालो सरकारको नेतृत्वको भद्र सहमतिको सम्भावनाबारे बोल्नु अर्थपूर्ण छ । अहिले उनी समाजवादी केन्द्र गठनमा सक्रिय छन् । केन्द्र गठन भएमा नेपाली काँग्रेसलाई चुनावमा सिट बाँडफाँटमा दबाब बढ्न सक्छ ।

प्रचण्डले आलोपालो सरकारको नेतृत्व भनेबाट चुनावपछि उनी नै प्रधानमन्त्री बन्ने सम्भावनाको संकेत गरिसके । चुनाव देउवाले गर्ने गरी अवस्था तयार गर्न पनि प्रचण्डकै निर्णायक भूमिका थियो । यसकारण पनि उनले चुनावपछि दाबी प्रस्तुत गर्न थालिसके ।

देउवाले प्रचण्डलाई चुनावपछि प्रधानमन्त्री बनाउन सहमत नभए अर्को घटना विकास हुन सक्छ । प्रचण्डलाई घुमाउरो तरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको प्रस्ताव गर्न थालिसके । ओलीले सार्वजनिक रुपमै वामपन्थीको सरकार बनाउने प्रस्ताव गरे । विगतमा प्रचण्डको साथ पाएर प्रधानमन्त्री भएका ओलीले गठबन्धन तोडेमा प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुने सम्भावना पनि छ । यसकारण पनि प्रचण्डले आफूलाई देशको राजनीतिमा निर्णायक शक्ति बनाएर आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालिसके ।



प्रतिक्रिया दिनुहोस्

Screenshot