काठमाडौं, ४ साउन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले ७ दिन म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गर्ने भएको छ । छानबिनको लागि समय अभाव भएको भन्दै समितिले भोलि (बिहीबार) थप ७ दिनको समय माग्ने समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिलाई छानबिनका लागि १० दिनको समय दिईएको थियो । आज शर्मालाई समितिमा बयानको लागि बोलाईएको थियो । तर, उनी आज नगएको बुझिएको छ। यस्तै, अन्नपूर्ण पोष्टका पत्रकारहरुले भने समितिमा पुगेर बयान दिएका छन् । file photo