काठमाडौं, साउन ५ । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।
सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार सरकारको निर्णय कसरी गर्ने? भन्ने विषयमा छलफल भइरहेको छ ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ुअहिले पत्र नपठाउनु दवाव दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरेको आजको राजधानीदैनिकमा खवर छ ।