Logo

जनार्दन शर्मा मन्त्रीका रुपमा फर्केलान्



काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बजेटमा करको दर हेरफेर प्रकरणले विवादमा मुछिएपछि राजीनामा दिएर छानविनको दायरामा छन् । उनीसँग आज संसदीय विशेष समितिले बयान लिदैछ ।

शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै चलाइरहेका छन् । यसले छानविन समितिको प्रतिवेदन आएपछि मात्र अर्थमन्त्रीको टुंगो लाग्ने देखिन्छ ।

अर्थमन्त्रीका रुपमा जर्नादन शर्मा फेरि फर्कने सम्भावना पनि छ । समितिको प्रतिवेदनबाट उनले क्लिन चिट पाएमा फर्कन सक्छन् । शर्मा अर्थमन्त्रीका रुपमा फर्कनेछन् या अरु कुनै शक्तिशाली मन्त्रालय पाउँछन् चासो बनेको छ ।

शर्मा फेरि मन्त्रीका रुपमा नफर्किनु भनेको सरकारमाथि करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रवेश पुष्टि हुने आधार बन्छ । यसकारण पनि शर्मालाई मन्त्रीका रुपमा फर्काउने गरी तयारी भएको बुझिएको छ ।

काँग्रेसले अर्थ मन्त्रालय लिएर माओवादीले गृह मन्त्रालय लिनेबारे छलफल बढेको छ । त्यस्तो अवस्थामा शर्मा नै गृहमन्त्री बन्ने सम्भावना पनि छ ।



प्रतिक्रिया दिनुहोस्