Logo

एन आई सी एशिया बैंक २५औं वर्षमा प्रवेश



काठमाडौं । एनआईसी एशिया बैंक २५ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकले रजत जयन्ती मनाउन लागेको हो । बैंकले सफल हुनुको श्रेय सम्पूर्ण ग्राहक, नियमनकारी निकया, शेरयधनी र कर्मचारीलाई दिएको छ ।

त्यस्तै, आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गरेको छ ।

बैंकले चालु आर्थिक वर्षमा साढे ४ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८र७८ मा ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकले ३९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ११ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो अबको सोिही अवधिमा बैंकले ९ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९।६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot