काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्नता नरहेको बताएका छन् ।
संसदीय छानबिन विशेष समितिको आजको बैठकमा बोल्दै शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्न नगराएको दाबी गरेका हुन् ।
उनले मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि बजेट निर्माणमा सम्लग्न नभएको दाहोर्उदै स्थापित मुल्य, मान्यता, विधि, पद्धतीको आधारमा बजेट निर्माण गरेको बताएका हुन् ।
अनाधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा छिराएको आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट गत असार २२ गते राजीनामा दिएका थिए । शर्मा माथी छानबिन गर्न ११ सदस्यीय समितिसमेत गठन गरिएको छ । Photo : Mukunda kalikote