Logo

भूमाफियाबाट फिर्ता ल्याएको जग्गामा तारबार, प्रकाशमान–दिपेन्द्रद्वारा निरीक्षण



काठमाडौं, ५ साउन। नेपाल सरकारका अवकाश प्राप्त पूर्व उपसचिव सुरज डोटेलले हडपेको सार्वजनिक जग्गा तारबार लगाएर संरक्षण गरिएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको सक्रियतामा काठमाडौं महानगरस्थित बबरमहल–११ मा रहेको उक्त जग्गा भूमाफिया डोटेलको कब्जाबाट फिर्ता ल्याइएको हो । डोटेलले आफ्नो जग्गा बाटो र खोलामा परेको भन्दै सार्वजनिक जग्गा हडपेका थिए ।

श्रेष्ठले डोजर लगाएर भूमाफियाको कब्जाबाट फिर्ता ल्याएको जग्गामा पर्खाल र तारबार लगाएर संरक्षण गरेका छन् । उक्त ठाउँमा सुन्दर पार्क बनाउने उनको योजना छ ।

भूमाफिया दिपक मल्होत्रा र डोटेलको कब्जाबाट फिर्ता ल्याएको उक्त सार्वजनिक जग्गा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्यहरु सरोज मुल्मी, दिपेश राउत, आशा सिंहसहितको टोलीले निरीक्षण गरेको हो ।

भूमाफियाबाट फिर्ता ल्याइएको जग्गामा पार्क बनाउने योजनाका विषयमा पर्यटनमन्त्री श्रेष्ठले सिंहलाई ब्रिफिङ गरेका थिए । कांग्रेस नेता सिंहले समुदायका हितका लागि उचित किसिमको पार्क बनाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्