रूपन्देही, ५ साउन । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४९ वर्षीया पुरुष पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने खेम प्रसाद भुसाललाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।