Logo

युरेनियमसहित १५ जना पक्राउ



मोरङ,५ साउन । युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ परेका छन् । युरेनियम जस्तो देखिने पदार्थसहित विराटनगर महानगरपालिका–९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका–३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित आइतबार र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम मंगलबार उक्त पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका–७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका–२ बस्ने ४० वर्षीय दिलिप कुमार शर्मालगायत छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot