Logo

हप्ताभर खटिइरहने लेखिरहने पत्रकार कालिका महतलाई प्रेस युनीयनमा सचिव चुन्लान्



काठमाडौं, ५ साउन । तीन दशकयता नेपालको पत्रकारितामा पृथक परिचय बनाएका पत्रकार हुन कालिका महत । पत्रकारिताको कठिन क्षणहरुमा समेत काम गरेको अनुभव छ उनमा ।

कालिका महतले पत्रकारितामा सामान्य भन्दा सामान्य काम समेत गरे । रातभर नसुती विमर्श साप्ताहिकको पत्रिका निकाल्न खटिन्थे । वरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाललगायतसँग काम गरे ।

पछिल्लो समय उनी हप्ताको सातै दिन खटिने र लेखिरहने पत्रकारको रुपमा परिचित छन् । उनले नेपालका नाम चलेका लोकतान्त्रिक धारका पत्रिकाहरु सबैमा काम गरे । विमर्श, तरुण, देशान्तरलगायतमा काम गरे । उनी अझै अहोरात्र खटिइरहेका छन् ।

कालिका महतले प्रेस युनीयनमा यसपटक सचिव पदमा उम्मेदवारी दिएका छन् । उनी युनीयनमा निरन्तर सक्रिय छन् । यसपटक पत्रकारहरुको हकहितका लागि आफू लाग्ने प्रतिवद्धतासहित उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्