Logo

जनतासँग घमण्ड नदेखाउन जनप्रतिनिधिलाई माधव नेपालको सुझाव



काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग राम्रो व्यवहार गर्न आग्रह गरेका छन् ।

उनले जितिसकें भनेर जनतासँग घमण्ड नदेखाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गरे । आज (बिहीबार) पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्स दिएका हुन् ।

अध्यक्ष नेपालले सम्बोधनको क्रममा भने,‘मतदातालाई कहिले पनि हप्कीदप्की नगर्नुहोला । सबैसँग नम्र भएर प्रस्तुत हुनुहोला । मैले जितिसकेँ भनेर नमस्कार नफर्काउने गल्ति नगर्नु होला । नमस्कार गर्ने काम अरुको हो, टाउको हल्लाउने काम मेरो हो भन्ने नठान्नुहोला । नमस्कार गर्ने काम तपाईंहरूकै हो । नमस्कार गर्दा तपाईंको वजन घट्दैन ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot