Logo

प्रदेश १ को नाम वर्तमान प्रदेश संसदबाट नजुर्ने



काठमाडौं, ५ साउन । देशका ७ प्रदेशमध्ये प्रदेश नं १ को नाम जुर्न मात्र बाँकी छ । प्रदेशहरुमध्ये मधेशबाहेकका ५ प्रदेशको नाम भूगोल र नदीका आधारमा राखिएको छ ।

प्रदेश नं १ को नाममा भने विवाद सुल्भिएको छैन । कोशी नदी या सगरमाथाको नाममा राख्नेबारे विभिन्न दलका सांसदहरु तयार देखिएका छैनन् । उनीहरुले जातीय नाम पनि राखिनुपर्ने आवाज उठाएका छन् । जातीय र नदी या हिमाल दुवै नाम जोड्नेबारे समेत कुरा भएको छ ।

नाम जुराउनका लागि सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच सहमतिको प्रयास भएपनि गठबन्धनभित्रै विवाद देखिएको छ । प्रदर्शनहरु हुन थालेका छन् ।

विवाद र विरोध बढेपछि मुख्यमन्त्री राजेन्द्र राईले यो प्रदेश सभाबाट नाम जुराउन कठिन भइसकेको अभिव्यक्ति दिएका छन् । उनले नाम जुराउने कार्यलाई थाती राखेर अर्को संसदलाई छाड्ने प्रस्ताव नै राखेका छन् । राई किराँत शब्द राख्नुपर्ने पक्षमा छन् । लिम्बूवान किराँत जस्ता नामहरुको माग भइरहेका छन् । तर, कोशी र सगरमाथाको नाममा पनि जोड दिन थालिएको छ । यसले यो प्रदेश सांसदले नाम जुराउन नसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot