Logo

पूर्वराजा ज्ञानेन्द्र परिवार आज नेपाल फर्कंदै



काठमाडौं, साउन ६ । करिब एक महिना थाइल्यान्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह आज स्वदेश फर्कदै छन् । असार २३ गते पूर्व राजा ज्ञानेन्द्रको ७६ औं जन्मोत्सव मनाउन शाह परिवार थाइल्यान्ड पुगेका थिए ।

असार ३ गते थाइल्यान्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट नेपाल फर्कन लागेका हुन्।अमेरिका पढ्दै गरेका नाती हृदयन्द्र एक साताअघि थाइल्यान्डबाट नेपाल फर्किसकेका छन् ।

दुई नातिनी पूर्णिका र कीर्तिकालाई थाइल्यान्डमै छाडेर ज्ञानेन्द्र परिवार नेपाल फर्कन लागेका हुन् । । दुई छोरीको रेखदेख गर्न पूर्वयुवराज्ञी हिमानी थाइल्यान्डमै बसेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot