Logo

होण्डा र टाटा ग्रीन ब्याट्रीबीच सहकार्य



काठमाडौं, ६ साउन । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त भएको छ।

बिहीबार एक कार्यक्रमको आयोजना गरेर टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा स्याकार ट्रेडिङ कम्पनीलाई नियुक्त गरिएको हो। टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ। यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट ब्याट्री उत्पादक मध्ये एक हो।

स्याकार कम्पनीले विगत ५५ वर्षदेखि नेपालमा होण्डाका दुई पाङ्ग्रे, चार पाङ्ग्रे, पावर प्रोडक्टस्को नेपालमा बिक्री(वितरण गर्दै आइरहेको छ। यसले एक सय ५० भन्दा बढी डिलर्सबाट सेवा दिइरहेको छ।

Photo : Amrit Poudel ‘Pepot’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot