काठमाडौं, ६ साउन । लहान नगरपालिकाका उपमेयरमाथि बलात्कारको प्रयास गरेको आरोपमा उजुरी परेको छ । उपमेयर राम चलितर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जबरजस्ती करणी उद्योगको उजुरी परेको हो ।
उपमेयरविरुद्ध एक महिलालाई जागिर लगाइदिने भनेर आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गर्न खोजेको भन्दै उजुरी परेको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई उनले दुव्र्यवहार गरेको आरोप लागेको छ ।
महतो जनता समाजवादी पार्टीबाट गत स्थानीय तहको निर्वाचनमा उपमेयर निर्वाचित भएका थिए ।