नयाँ दिल्ली, साउन ६ । भारतको उत्तर प्रदेशमा विभिन्न ठाउँमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो।
यता समाचार एजेन्सी पीटीआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर ज्यान गुमाएकाका परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।