Logo

सामुहिक बलात्कारको मुद्दामा कांग्रेस नुवाकोटका नेता पाण्डे पक्राउ



काठमाडौं, ६ साउन । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता मधुसुदन पाण्डे पक्राउ परेका छन् । युवतीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा नुवाकोटका जिल्ला नेता पाण्डेलाई कास्की जिल्ला प्रहरीले पक्राउ गरेको हो । पाण्डे असार २५ गते काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबबाट पक्राउ परेका हुन ।

अर्का आरोपी भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक रहेका इन्जिनियर राजु राउत भने फरार रहेका छन् । पीडित युवतीले राउतले आफुलाई इटहरीबाट चितवन बोलाएर चितवनबाट पोखरा लगेर सामुहिक बलात्कार गरेको निवेदनमा उल्लेख गरेकी छिन् ।

महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिएपछि कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्