सिन्धुली, साउन ७ । प्रमुख सत्ताझेदार दल नेपाली कांग्रेसनिकट करार कर्मचारीहरूको म्याद थप नगरेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको गोलन्जोर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको म्याद थप नरिएपछि उक्त गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा भर्ना गरिएका करार कर्मचारीको समायावधि सकिएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० मा उक्त गाउँपालिकाले पुनः म्याद थप नगरेपछि पालिकाको कार्यालयमा कांग्रेसले तालाबन्दी गरेको हो ।
करार अवधिका लागि भर्ना गरिएका अधिकांश कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगरेको भन्दै गोलन्जोर गाउँपालिकाले २५ जना करारका कर्मचाको म्याद थप गरेको छैन । यी बाहेक अन्य ५७ जना करार कर्मचारीको भने गाउँपालिकाले करार अवधिको लागि पुनः म्याद थप गरेको छ ।
तर, गाउँपालिकाले २५ जना कर्मचारीको म्याद थप नगरेपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेताहरूले गत साउन १ गतेदेखि पालिकामा धर्ना दिँदै आएका थिए । उनीहरूले म्याद थप नगरिएका कर्मचारीको तत्काल बिनासर्त म्याद थप गर्नुपर्ने भन्दै गाउँपालिकाको कार्यालयमा ताला लगाएको गोलन्जोर गाउँपालिका(२ का वडाअध्यक्ष दौलत कार्कीले बताए ।
कर्मचारीहरुको म्याद थप गर्न माग राख्दै गाउँपालिका अध्यक्ष सहितको सर्वपक्षिय बैठक बस्दा पनि कुनै निष्कर्ष ननिस्किएपछि बिहीवारदेखि ताल लगाईएको वडाअध्यक्ष कार्कीले बताए । कार्यपालिकाका सदस्यहरूलाई कुनै जानकारी नै नदिइ पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले पुर्वाग्राही ढंगबाट करार कर्मचारी हटाउने षडयन्त्र भईरहेको छ । यस्तो गतल कामको नेपाली काग्रेस र हाम्रो गम्भिर आपत्ति छ । गाउँपालिकाले तत्काल २५ जनाकै म्याद थप गर्नुपर्छ । म्याद थप नभएसम्म तालबन्दी भईरहन्छ,’ वडाअध्यक्ष कार्कीले भने ।
कार्कीले गाउँपालिका अध्यक्ष शंकर बराल मनोमानी ढंगले चल्न थालेको समेत आरोप लगाए । गाउँपालिका अध्यक्ष शंकर बरालले भने कार्यसम्पादन र मुल्यांकनमा राम्रो नदेखिएका कर्मचारीको म्याद थप नगर्ने गिकिर गरे । नेपाल समाचारपत्र दैनिकबाट