Logo

राप्रपा नेपालको उपाध्यक्षमा दिलविकास राजभण्डारी र सहमहामन्त्रीमा बस्नेत मनोनित



काठमाडौं, ७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधानबमोजिम पार्टीको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सहमहामन्त्री पदमा दमन बस्नेतलाई मनोनयन गरेका छन् ।

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरेका छन् । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्