Logo

ज्ञानेन्द्र शाह विदेशबाट फर्कदा…



काठमाडौं, ७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने विदेश बसाईबाट फर्किएका छन् । उनी आज दिउँसो थाइल्यान्डबाट स्वदेश फर्किएका हुन् ।

शाहले यसपटक जन्मदिन पनि बैंककमै बिताए । परिवारसहित उनी विदेश बसेका थिए ।

ज्ञानेन्द्र शाह फर्कंदा उनका समर्थकहरु ठूलो संख्यामा विमानस्थलमा देखिएका थिए । उनीहरुले समर्थनमा नारा समेत गरे ।

पछिल्लो समय राजसंस्थाको पक्षमा विभिन्न व्यक्ति र संस्थाहरु सक्रिय हुँदै गर्दा ज्ञानेन्द्र शाहको समर्थकहरु ठूलो संख्यामा विमानस्थल पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot