काठमाडौं, ७ साउन । अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीति अझै कसिलो आउनुपर्नेथियो भन्ने धारणा राखेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘के विशुद्ध रुपमा मूल्य भन्ने कुरा मुद्राप्रदायले मात्रै निश्चित गर्छ ? मौद्रिक नीति बढि माग पक्षबाट निर्देशित छ । मलाई कताकता के लागेको छ भने अहिलेको पोलिसी आर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा स्थायित्व, यो दुवै कुरामा नीतिमा असफल भएको छ ।’
उनले सप्लाई साईट र उत्पादनको साईटलाई बजेटले निर्देशित गरेबमोजिमको नीति नआएको हो कि भन्ने पनि गुनासो रहेको सुनाए ।उनले भने,‘ब्याजदर ज्यादै उच्चदर छ । मागमा संकुचनमा ल्याउनुहुन्छ भने लगानी माग घट्छ । नेपालको अर्थतन्त्र अहिले ट्रयापमा छ । मूल्य अन्तराष्ट्रिय कारणले बढ्दै जाने अवस्था, रियल स्टेटको लगानी कम गर्ने कुरा हो, यो सकारात्मक छ ।’ उनल राष्ट बैंकले भोलिका दिनमा अहिले उठेका सबै आशंकालाई चिरेर जानुपर्नेमा जोड दिए ।