Logo

बिनाहातहतियार एनएमबीको एटीएम फोडियो



पोखरा, साउन ८ । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार।

पोखरा महानगरपालिका(२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो। यसअघि पोखरा-९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो।

घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो। दुवै एटीएम रातको समयमा फोडिएको छ। लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्