Logo

मृत्युको तीन दिन अघि दीपेश भानको अन्तिम पोस्ट भाइरल



एजेन्सी, ८ साउन । भारतीय टिभीको चर्चित शो ‘भाभी जी घर पर हैं’ मा मलखान सिंहको भूमिकामा देखिएका अभिनेता दीपेश भानको शनिबार बिहान निधन भएको छ ।

दिपेशको अन्तिम पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनी मलखान सिंहको गेटअपमा महिलालाई ज्ञान दिइरहेको देखिन्छ ।

भिडियोमा दीपेशले भनेका छन्, ‘दुई महिला फुसफुस गर्दै हुनुहुन्छ भने बुझ्नुहोस्, डाटा ट्रान्सफर भइरहेको छ र यदि दिदीलाई डिलिट गरौँ भने हामीले के गर्नुपर्छ भन्ने बुझ्नुहोस् ।’

यसको क्याप्शनमा उनले लेखेका छन्, ‘मल्खानले ज्ञान दिएका छन् । भगवानले तिम्रो रक्षा गरून्।’ अभिनेताले ३ दिनअघि आफ्नो इन्स्टाग्राममा यो पोस्ट सेयर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot