Logo

नीता र हरिहरसँग ऋषि धमलाको रोचक कुराकानी, विवाहमा कति खर्च लाग्यो (भिडिओसहित)



काठमाडौं, ८ साउन । नवविवाहित दम्पत्ति नीता ढुंगाना र हरिहर अधिकारीले आफूहरुको सम्बन्धको कुरा गर्दा प्रेम प्रस्ताव नै विवाहबाट भएको बताएका छन् । नायकसमेत रहेका ज्योतिष हरिहरले आफूले नै नीतालाई विवाहको प्रस्ताव राखेको खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले नीताको चिनासमेत हेरेको स्मरण गराए । अधिकारीले नीतालाई सबै क्षेत्रमा राम्रो हुने सुनाए ।

उता, नायिका ढुंगानाले भने हरिहरले आफूसँगको सुरुवाती दिनदेखि नै आफू जे हो त्यही रुपमा प्रस्तुत गरेको सुनाईन् । हरिहरले विवाहमा आफूहरुले क्षमताअनुसार खर्च गरेको स्पष्ट पारे । उता, नीताले पनि आफूहरुले विवाहमा कुनै तडकभडक नभएको जिकिर गरे । उनीहरुले आफूहरु हनिमुनको लागि विदेश नजाने स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्