Logo

भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु, १२ जना घाइते



काठमाडौं, ८ साउन । भक्तपुरमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारीमा रुखले च्याप्दा भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटीलाई च्यापेको हो ।

रुख ढल्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नितेज खर्बुजा र अन्य दुई जनाको पहिचान भएको छैन् । घाइतेको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तराष्ट्रिय अस्पतालमा उपचार भइहरेको छ । Photo : Routine of Nepla banda



प्रतिक्रिया दिनुहोस्

Screenshot