काठमाडौं, ९ साउन । डा. बाबुराम भट्टराईले नयाँ दल खोल्ने भएका छन् । उनले नयाँ खोल्न लागेको दलको नामसमेत टुँगो लगाएका छन् । नेपाल समाजवादी पार्टी गठनको तयारीमा जुटेका भट्टराईले पार्टीको अध्यक्ष भने तीन बनाउनेगरि गृहकार्य थालेका छन् ।
भट्टराईनिकट एक नेताकाअनुसार भट्टराईले नयाँ पार्टीमा खस÷आर्य, जनजाति र मधेशीबाट अध्यक्ष राख्ने तयारी गरेका छन् । ती नेताले भने,‘डा. साहेबाट एकजना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव आएको छ ।’
अहिले तीन जना अध्यक्षको लागि हिसिला यमी, गंगा श्रेष्ठ, महिन्द्रराय यादव, राजकिशोर यादवलगायतको नाम चर्चामा छ । ती नेताकाअनुसार आज/भोलिभित्रै पार्टीको अध्यक्षको नाम टुँगो लाग्नेछ । file photo