Logo

चुनावी तालमेल गर्न त्रिपाठीले गरे वार्ता समिति गठन



काठमाडौं, ९ साउन । ह्दयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतीशील पार्टीले अन्य दलहरुसँग छलफलका लागि वार्ता समिति गठन गरेको छ ।

पार्टीले चुनावी तालमेलका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

समितिमा उपाध्यक्ष सबिर हुसैन र केन्द्रीय सदस्य बाबा सरकार पनि रहेका छन् । पार्टीले आगामी चुनावको लागि तालमेल गर्ने पहिलो प्राथमिकतामा मधेसवादी दल राखेको जनाइएको छ।

वार्ता समितिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेसँग चुनावी साँठगाँठका लागि छलफलको प्रयास गर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot