Logo

प्रधानमन्त्री देउवासँग तरुण दलका अध्यक्ष गुरुङको भेट, देउवाले दिए यस्तो निर्देशन



काठमाडौं, ९ साउन । तरुण दलका अध्यक्ष विद्धान गुरुङले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर गुरुङले प्रधानमन्त्री देउवासँग भेट गरेको उनको सचिवालयले जनाएको छ ।

सो भेटमा तरुण दल केन्द्रिय समिति विस्तारको विषयमा गहन छलफल भएको जनाईएको छ । गुरुङले पछिल्लो समय पार्टीका शीर्ष नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । सो क्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले यथाशिघ्र तरुण दल केन्द्रिय समिती ल्याउन निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot