Logo

लथालिंग विद्युत खम्बा, दुर्घटनाको जोखिम उस्तै



बैतडी, साउन १० । बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युत्सेवा विस्तार भएको छ । विद्युत् विस्तार अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो ।

विद्युत् पु¥याउने कार्य परिपक्व नहुँदा धेरै ठाउँमा दुर्घटना जोखिम बढेको छ । विद्युत् विस्तारका बेला ठेकेदारले पोल राम्रोसँग नगाड्ने तथा तार परिपक्व तवरले नतान्ने गरेका कारण समस्या देखिएको छ ।

विद्युत् विस्तारमा ठेकेदारले ठूलो लापरबाही गरेकाले दुर्घटना जोखिम बढेको मेलौली नगरपालिका–७ का स्थानीय केशवसिंह भाट बताउ“छन् । ‘विद्युत्का खम्बा ५ फिट बढी गाड्नुपर्नेमा सडक खनेको माटोमा २ फिट मात्रै गाडेको छ, न सपोट तार परिपक्व तवरले हालिएको छ, न त तार जडानै,’ उनी भन्छन्, ‘जसले गर्दा ठाउँठाउँमा खम्बा ढलेका छन् र तार छताछुल्ल भएका छन् । मेलौली ल्याउनका लागि विस्तार भएको लाइनमा एकै खम्बा पनि परिपक्क देखिएनन् । आज एउटा खम्बा ढले भोलि अर्को ढल्छ ।’

मेलौलीमा मात्रै नभई जिल्लाको सिगासका लागि लगिएको लाइन पनि जाखिमपूर्ण छ । सडकछेउ गाडिएका अधिकांश खम्बा ढलेका छन् । आधा ढलेका खम्बाबाटै विद्युत प्रशारण भइरहेको छ । तर, यसलाई व्यवस्थित गर्नतिर कसैको ध्यान गएको छैन ।

खोड्पे–बिन्द्रावन सडकमामा करिब दर्जन खम्बा आधा ढलेर बांगो भएका छन् भने सपोट तार टुटिसकेकाले दुर्घटना जोखिम बढेको छ ।

मेलौली–पञ्चेश्वर लाइन विस्तारका लागि दुई वर्षअघि बझाङका ठेकेदार भानुभक्त जोशीको ठेक्का भएको थियो । सो ठेक्काको म्याद थप गर्दा पनि ठेकेदारले काम सम्पन्न नगर्दा विद्युत सामग्रीसमेत सडक किनारमै अलपत्र छन् भने केही हराइसकेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot