काठमाडौं, १० साउन । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले बुझाएको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेरेका छन् । फुटेजले अर्थ मन्त्रालयमा करको दायरा हेरफेर गर्दा को को बाह्य व्यक्ति प्रवेश गरे भन्नेबारे अध्ययनको प्रयोजन राखेको छ ।
विश्वस्त स्रोतका अनुसार फुटेजमा एक व्यक्ति देखिएको तर पहिचान भएको बुझिएको छ । बजेट निर्माणका बेलामा पसेका ती व्यक्ति सम्बन्धित हुन् या असम्बन्धित भन्नेबारे छानबिन हुने भएको छ ।
अथ मन्त्रालयको सीसीटीभी फुटेज हेरेपछि समितिले प्रतिवेदन तयार गर्नेछ । यसका आधारमा निवर्तमान जनार्दन शर्माबारे के हुने टुंगो लाग्नेछ ।
शर्मामाथि लागेको आरोप प्रमाणित हुने सम्भावना न्यून छ । प्रमाणित हुन नसके अर्थमन्त्रीका रुपमा उनी पुनः फर्कने निश्चितप्रायः छ । यसकारण पनि राजीनामा दिएर बसेका अर्थमन्त्री शर्माको ठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई नियुक्त गरेका छैनन् ।