Logo

१२ वर्षीया बालिका बलात्कृत, गर्भ रहेको खुलासा



झापा,१० साउन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी गरेको अभियोगमा हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डल सोमबार राति पक्राउ परेका हुन् ।

मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यसैगरी झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot