Logo

६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं, १० साउन । पछिल्लो २४ घण्टामा ६३८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ५ हजार ५५ जनामा गरिएको परीक्षणमा ६ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै, २१८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । अहिले देशभरि ३७१४ जना सक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot