Logo

१५ प्रतिशतले बढ्याे नेपाल इन्भेष्टमेन्ट बैंककाे नाफा



काठमाडौं, साउन ११ ।  गत आर्थिक बर्षकोचौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा करिव १५ प्रतिशतले बढेको जनाएको छ। पोहोर चैतमा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको एनआइबिएलले यसपाली ४ अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेको छ। यो भनेको १४.८३ प्रतिशतको वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी र फि, कमिसन आम्दानीमा सामान्य सुधार देखिए पनि अन्य खर्च बढेका कारण नाफामा उल्लेख्य प्रगति देखिएन। जस मध्ये खुद ब्याज आम्दानी ६.३७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढेको हो। बैंकको कर्मचारी खर्च पनि १३ प्रतिशत बढेको छ।

यसबाहेक बैंकको नोक्शानी ब्यवस्थापन बापतको एक अर्ब ६२ करोड रुपैयाँ रकम पनि रिभर्सल भएको छ। परिणाम स्वरूप बैंकको संचालन नाफा ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड रुपैयाँभन्दा धेरै छ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३ करोड रुपैयाँ छ। जसको आधारमा गत आर्थिक वर्षका लागि बैंकसँग ११ प्रतिशतभन्दा धेरै लाभांश दिने क्षमता छ।

एक बर्षको अवधिमा बैंकको निक्षेप ५.८६ प्रतिशतले बढ्दा ऋण ०.४२ प्रतिशतले बढेको छ। बैंकसँग ग्राहकबाट उठाएको निक्षेप एक खर्ब ८४ अर्ब ७९ करोड र ऋण एक खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।
खुद नाफा बढेपछि प्रति सेयर आम्दानीमा पनि सामान्य सुधार देखिन्छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ०.३२ रुपैयाँले बढ्दा बैंकको प्रति सेयर आम्दानी २२.३२ रुपैयाँ कायम छ। सो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ भने ११ रुपैयाँ घट्यो। बैंकको प्रति सेयर नेटवर्थ हाल १८७.२१ रुपैयाँ छ। र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ११.८७ गुणा छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot