Logo

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने पक्का



काठमाडौं, ११ साउन । फुटेज प्रकरण हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन । अब शुक्रबार समितिले प्रतिवेदन बुझाउने छ । यसका आधारमा शर्माबारे आरोप पुष्टि हुन नसकेको स्पष्ट हुनेछ ।

निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार नभेटिएकाले उनी फेरि अर्थमन्त्रीका रुपमा सिहदरबार छिर्ने बुझिएको छ । सम्भवत अर्को हप्ता उनी पुनः अर्थमन्त्री नियुक्त हुनेछन् ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन । यसैका आधारमा रिपोर्ट बन्ने र बुझाइने भएके छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्