काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता साध्यबहादुर भण्डारीले नागरिकतासम्बन्धी अहिले ल्याईएको विद्येयक देशको हितमा नभएको भन्दै सरकारले अपराध गरेको आरोप लगाएका छन् । उनले सत्तारुढ दलले अपराध गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले खुुकुलो नागरिकता प्रावधान राख्दा देशलाई गम्भीर आघात पुग्ने बताए । उनले नागरिकता विद्येयक ल्याउनेहरुलाई विदेशीको दलालको संज्ञासमेत दिए ।