Logo

सोमालियामा बम आक्रमणमा १९ जनाको मृत्यु, २३ घाइते



एजेन्सी, १२ साउन । सोमालियाका दुई सहरमा बुधबार भएको छुट्टाछुट्टै बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

भने २३ जना घाइते भएको भारतीइ समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । दुवै आक्रमण तल्लो शाबेले क्षेत्रमा भएको थियो। पहिलो घटना मार्का शहरमा भएको थियो, जहाँ एक आक्रमणकारीले आफूलाई नै विस्फोट गराएका थिए ।

जसमा १३ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । दोस्रो घटना अफगोय शहरमा भएको थियो, जहाँ दुईवटा आक्रमण भएका थिए। जसमा ७ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

इस्लामिक आतंकवादी समूह अल–शबाबले घटनाको जिम्मेवारी लिएको छ । पहिलो विस्फोट मार्का सहरको प्रशासनिक मुख्यालयबाहिर भएको थियो। मेयर अब्दुल्लाही अली वाफो निशाना थिए । आत्मघाती आक्रमणकारीले विस्फोटक ज्याकेट लगाएका थिए । प्रशासनिक मुख्यालयबाहिर पुग्दा मेयर अब्दुल्लाही अली वाफाले आफैंलाई विस्फोट गराए । उक्त आक्रमणमा वाफोको मृत्यु भएको थियो । आक्रमणकारी सहित १२ जनाको मृत्यु भएको थियो ।

अल–शबाब आतंकवादी संगठनमा विश्वका सबैभन्दा डरलाग्दो र खतरनाक आतंकवादीहरू समावेश छन्, जो आत्मघाती आक्रमण गर्न तयार छन्। अफगोय सहरको स्थानीय बजारमा दुईवटा आक्रमण भएको अधिकारीले बताए। सडक किनारमा भएका यी दुई विष्फोटमा ७ जनाको मृत्यु भएको थियो । १८ जना घाइते भएका छन् ।

अफगोय जिल्ला प्रशासनका पूर्व प्रवक्ता अब्दुकादिर आइडोलले दुईवटा बारुदी सुरंग विस्फोट भएको बताए । दोस्रो विस्फोट भयानक थियो। पहिलो विष्फोटपछि यहाँ उद्धार कार्य जारी रहेको थियो । त्यसपछि दोस्रो विस्फोट भयो। विष्फोटमा दुई सैनिकको मृत्यु भएको पनि बताइएको छ । तर, मृतकको सनाखत हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्