Logo

आज ७१० कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा ७ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५ सय २४ र एन्टिजेन विधिबाट १ सय ८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यस्तै, नयाँ संक्रमित ७१० थपिएसँगै अहिले देशभरि सक्रिय संक्रमितको संख्या चार हजार २ सय ३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्ज भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot