काठमाडौं, १३ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ ।
मृतक राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए । कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रिय कार्यलय बिर्तामोडले मिती २०७९र ०४र१२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रम मार्फत भुक्तानी गरेको छ ।
उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।
उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले यो भन्दा अघिपनि गुराँस लाइफले छिटो छरीतो दाबी भुक्तानी गरेको र कम्पनी प्रति आफ्नो विश्वास झनै बढेको बताए ।