काठमाडौं, १५ साउन । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखामा जन्मेर विश्व नागरिक बनेका प्रतिभाशाली बौद्धिक व्यक्तित्वहरुलाई आफ्नो राजनीतिक उत्तराधिकारी बनाउन चाहेको बताएका छन् ।
सामाजिक सञ्जाल टिव्टरमार्फत जसपाका संघीय परिषदका अध्यक्ष भट्टराईले स्वर्निम वाग्ले, लक्ष्मी देवकोटा, उत्तमबाबु लगायतलाई गोरखाबाट निर्वाचित गरेर उत्तराधिकार सुम्पन्ने इच्छा जाहेर गरेका हुन् ।
उनले केही दशक देशको नेतृत्वमा पुर्याउन इच्छा जाहेर गरेका हुन् । भट्टराईले अहिलेको निर्वाचन प्रणालीप्रति निराशा व्यक्त गरेका छन् ।
गोरखामा जन्मेर विश्वनागरिक बनेका प्रतिभाशाली बौद्धिकहरू @SwarnimWagle @laxmi_devkota @uttambabu लगायतलाई गोरखाबाट निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पन पाए र केही दशक देशको नेतृत्वमा पुर्याउन पाए कस्तो हुॅदो हो भन्ने मनको लड्डुु म पनि खाने गर्छु।यो निर्वाचन प्रणालीले के देला र? https://t.co/psWyn6SpE6
— Baburam Bhattarai (@brb1954) July 31, 2022