Logo

आइतबारको भुकम्पले भोजपुरका घर भत्किए



काठमाडौं, १५ साउन । आज खोटाङ केन्द्रविन्दु भएर गएको भुकम्पले सँगै जोडिएको जिल्ला भोजपुरका दुई घर भत्काएको छ। आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पले काठमाडौंसम्म हल्लाएको थियो ।

भुकम्पले भोजपुरको टक्सारमा रहेको केही घरमा क्षति पुगेको हो । टक्सारको दुई घर भत्किएका छन् भने केही घर चर्केका छन् । भत्केको घरमा मानिस भने कोही बस्ने नगरको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्