Logo

राति २ बजे थुनुवा युवतीलाई असईले कोठामा लैजादा…



काठमाडौं, १६ साउन । बाँकेको कोहलपुरमा थुनुवा युवतीलाई बलात्कार गर्न प्रयास गरेको अभियोगमा असई निलम्बनमा परेका छन् ।

कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कारको प्रयास गरेको अभियोगमा असई प्रविण चौलागाई निलम्बित भएका हुन् ।

चौलागाईलाई निलम्बन गरी ७ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । चौलागाईमाथि बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलाले आफुलाई कोठामा लगेर यौन दुव्यवहार गरेको भन्दै जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेकी थिइन् ।

प्रहरी हिरासतमा रहेकी महिलालाई सोधपुछ गर्नुछ भन्दै रातिको २ बजे आफ्नो कोठामा बोलाएर असईले आफुलाई बलात्कारको प्रयास गरेको युवतीले आरोप लगाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्