Logo

२० मिटर भासियो अरनिको राजमार्ग, चीन आउ–जाउ बन्द



सिन्धुपाल्चोक, साउन १६ । अविरल वर्षाको कारण अरनिको राजमार्ग २० मिटर भासिएको छ। राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, डाक्लाङमा सडक भासिएको हो।

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवहाक सवारीसाधनको आवागमन रोकिएको छ।

सडक मर्मतका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्