Logo

पतिले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका



काठमाडौं, १६ साउन । तारकेश्वर नगरपालिकाको पदमछल हाइटमा भेटिएको ४ जनाको शवका तीनजनाको हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट तीनजनाको हत्या भएको पत्ता लगाएको हो । बाँकी एकजनाको हत्या वा आत्महत्याबारे यकिन नभएको बुझिएको छ ।

प्रहरीको विश्वस्त स्रोतका अनुसार पतिले पत्नी र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंकामा बल पुगेको छ । तर, थप अनुसन्धान बाँकी छ ।

घटनामा मृतकहरुमा ४१ वर्षीय दिनेश पाण्डे र ३९ वर्षीया सुनिता पाण्डे दम्पत्ति हुन् । १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे उनीहरुका छोराछोरी हुन् ।

सुनिता दुई दिनपछि बेलायत जाने तयारीमा थिइन् । दिनेश र सुनिताबीच विवाद थियो । लामो समय वैदेशिक रोजगारीमा बसेर केही वर्ष अघि फर्किएका दिनेश पसल थापेर बसेका थिए । पसल बेचे ।

दिनेश र सुनिताबीचको विवाद प्रहरीसम्म पुगेको थियो । पटक पटक मिलापत्र पनि गरिएको थियो । दिनेशले सुनितामाथि शंका गर्थे । धेरै विवाद भएपछि सुनिताले विदेश जाने तयारी गरिन् । त्यसप्रति दिनेश सन्तुष्ट थिएनन् । उनले योजनावद्ध तरिकाले पत्नीको हत्या पछि छोराछोरीको समेत हत्या गरी आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot